तपाईँ सुन्दै हुनुहुन्छः

थप ४ सय ७८ जना कोरोना भाइरस सङ्क्रमणमुक्त

काठमाडौँ । आज थप ४ सय ७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । 

हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

यस्तै नेपालमा आज २ सय ९५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । 

आज ५ हजार २ सय २५ नमूनाको पिसिआर परीक्षण गर्दा २ सय ६० जना तथा ३ हजार १८ नमूनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 

यसैगरी आज थप २ जनाको मृत्यु भएपछि हालसम्म कोरोनाका कारण मृत्यु हुनेको कूल सङ्ख्या ११ हजार ४ सय ७१ पुगेको छ । 

आज देशभर गरी ७ हजार २ सय ७८ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button