अटो रिक्सा दुर्घटना हुँदा महिलाको मृत्यु
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा अटो रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
सुर्खेत–जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नम्बरको अटो रिक्सा आज आफै अनियन्त्रित भएर सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा वीरेन्द्रनगर–१, की ४४ वर्षीया जमरा शाहीको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
अटो रिक्सा दुर्घटनामा दुई जना अन्य सामान्य घाइते समेत भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले अटो रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिएर दुर्घटनाको विस्तृत अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्