तरलता अभावको समाधान गर्न आग्रह
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्किङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधान गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैङ्कलाई आग्रह गर्नुभएको छ ।
शुक्रवार भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को कारण थला परेको व्यावसायिक क्षेत्र बिस्तारै सुधार हुने अवस्थामा रहेकोले बजारमा देखिएको तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैङ्कले तत्कालै कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्