तपाईँ सुन्दै हुनुहुन्छः

वातावरण सम्बन्धी चेतनामूलक सन्देश प्रसारण गर्न सम्झौता

काठमाडौँ ।  रेडियो नेपाल र नेपाल वातावरण विभागबीच वातावरण सम्बन्धी सचेतना अभिवृद्धि गर्न जनचेतनामूलक सन्देश तथा सूचना प्रसारण गर्ने सम्झौता भएको छ । 

सम्झौतामा पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसी र वातावरण विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले आज हस्ताक्षर गर्नुभयो । 

सम्झौता अनुसार वातावरण सम्बन्धी चेतना जगाउने सन्देश रेडियो नेपालबाट दैनिक रुपमा बिहान, दिउँसो, र साँझ प्रसारण गरिने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button