तपाईँ सुन्दै हुनुहुन्छः

३ सय ९७ कोरोना सङ्क्रमित थपिए, ३ सय ८९ सङ्क्रमणमुक्त

काठमाडौँ । देशभरि आज ३ सय ९७ कोरोना संक्रमित थपिएका छन् । 

११ हजार ६६ नमुना परीक्षण गर्दा ३ सय ९७ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

गएको २४ घण्टामा ३ सय ८९ जना सङ्क्रमणमुक्त भएका छन् । 

मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना सङ्क्रमणबाट निको भएको दर ९७ दशमलव ७ प्रतिशत छ । 

आज कोरोनाबाट संक्रमित मध्ये तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६९ पुगेको छ । 

नेपालमा ७ हजार ४ सय ९८ कोरोनाका सक्रिय सङ्क्रमितले उपचार गरिरहेका छन् । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button