नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयमा पुगेर प्रदेश प्रमुख जोशीले आज पदभार ग्रहण गर्नुभएको हो ।
त्यस क्रममा प्रदेश प्रमुख जोशीले संविधान र प्रचलित कानुन बमोजिम जिम्मेवारी पुरा गर्ने बताउनुभयो । उहाँले प्रदेश प्रमुखको जिम्मेवारी दिनुभएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

राष्ट्रपति विधादेवी भण्डारीले यही कार्तिक २३ गते उहाँलाई सुदूरपश्चिम प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।
पदभार ग्रहण कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, मुख्यमन्त्रीको कार्यभार समेत समाल्नुभएका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घबहादुर सोडारी, मन्त्री गण, धनगढी उपमहानगरपालिका प्रमुख नृप वड, सरकारी अधिकारी लगायतको सहभागिता रहेको थियो ।









प्रतिक्रिया राख्नुहोस्