तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका भूमिहीनद्वारा जग्गामा स्वामित्वको माग

कञ्चनपुर । कञ्चनपुरका भूमिहीनले जग्गामा स्वामित्वको माग गरेका छन् । 

सुकुम्वासी, भूमिहीन, दलित, आरक्ष पीडित, मुक्त कमैया महिला तथा अव्यवस्थित बसोबासीले जग्गामा स्वामित्वको माग गरेका हुन् ।

सरकारद्वारा गठित राष्ट्रिय भूमि आयोगलाई दबाब दिन उनीहरूले बहादुर सिंह महराको संयोजकत्वमा सात सदस्यीय सङ्घर्ष समिति समेत गठन गरेका छन् । 

सङ्घर्ष समितिले दबाबका कार्यक्रम अघि बढाउने जनाएको छ । समितिले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई आयोगसम्बन्धी काम अघि बढाउन ज्ञापन पत्र बुझाउने जनाएको छ । 

कञ्चनपुरमा ५६ हजार २४ अव्यवस्थित बसोवासी रहेको तथ्याङ्क छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button