झापामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
भद्रपुर, झापा । झापाको पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–५ लभडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
प्रदेश १–०२–०४१ प २००० नम्बरको मोटरसाइकल हिजो राति अनियन्त्रित भएर पल्टिँदा मोटरसाइकल चालक स्थानीय २४ वर्षीय डिल्लीराम शाहीको मृत्यु भएको हो ।
शाहीको दमक अस्पतालमा उपचारको क्रममा राति पौने २ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २५ वर्षीय रुपम तामाङ घाइते भएका छन् ।








प्रतिक्रिया राख्नुहोस्