तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख जोशीले आज पदभार ग्रहण गर्नुहुने

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले आज पदभार ग्रहण गर्नु हुने भएको छ । 

धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आज दिउसो १ः०० बजे प्रदेश प्रमुख जोशीले पदभार ग्रहण गर्नुहुने कार्यक्रम तय भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

यसअघि, प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले धनगढी विमानस्थलमा स्वागत गर्नु भएको थियो । 

प्रदेश प्रमुख जोशीको स्वागतका लागि मुख्यमन्त्री भट्टसँगै मन्त्रीहरू, सुरक्षा अधिकारीलगायत विमानस्थलमा पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button