एसियन गेममा पदक जित्ने गरी तयारी थाल्न खेलकुद मन्त्रीको निर्देशन

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सन् २०२२ मा चीनको ग्वान्जाउँमा हुने एसियन गेमको तयारी थाल्न निर्देशन दिनुभएको छ ।
नेपाल ओलम्पिक कमिटीले मन्त्रीको स्वागत तथा एसियन गेम्सको तयारीका सम्बन्धमा खेल सङ्घहरूसँग बिहीबार गरेको छलफलमा मन्त्री गहतराजले पदक जित्ने गरी तयारी थाल्नका लागि सबैलाई निर्देशन दिनुभएको हो ।
ओलम्पिक कमिटीको आयोजनामा भएको कार्यक्रममा २० वटा खेल संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो । खेल सङ्घहरूलाई ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले सोमबारभित्र आफ्नो स्पष्ट खाका लिएर आउन आग्रह गर्नुभयो । २०१८ को एसियन गेम्स इन्डोनेशियमा भएको थियो भने उक्त प्रतियोगितामा नेपालले पाराग्लाइडिङ तर्फ ऐतिहासिक रजत पदक जितेको थियो ।








प्रतिक्रिया राख्नुहोस्