तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति शर्माको विभिन्न भारतीय पदाधिकारीहरूसँग शिष्टाचार भेट

काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्माले भारतका रक्षा मन्त्री राजनाथ सिंह, विदेश मन्त्री डा. एस. जयशंकर तथा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्नु भएको छ ।

उक्त शिष्टाचार भेट पश्चात् प्रधान सेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण समेत गर्नु भएको थियो । उहाँलाई उक्त अवसरमा कलेजको  Wall of Honor” माinduct गरी सम्मानित गरिएको थियो । यसरी Wall of Honor” माinduct  हुने सम्मान प्राप्त गर्ने उहाँ पहिलो व्यक्ति हुनु हुन्छ । 

यो सम्मान आफ्नो क्षेत्रमा उत्कृष्ट उपलब्धि हासिल गर्ने उक्त कलेजका Alumni हरूलाई मात्र दिइने गरिन्छ । महारथी शर्माले सन २०१३ मा उक्त कलेजबाट National Defense Course (NDC) गर्नु भएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button