नवनियुक्त प्रदेश प्रमुखहरूद्वारा पद तथा गोपनीयता शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष नवनियुक्त प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङ्ग, कणाली प्रदेशका प्रदेश प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १६७ बमोजिम पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्