तपाईँ सुन्दै हुनुहुन्छः

३ सय १७ जनामा कोरोना संक्रमण, संक्रमित ६ को मृत्यु

File photo

काठमाडौँ । आज देशभर ३ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

१२ हजार ६ सय ५३ नमुनाको पिसिआर तथा ऐन्टीजेन परीक्षण गर्दा ३ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै आज २ सय ७९ संक्रमित निको भएका छन् । हालसम्म ७ लाख ९७ हजार ५९ जना संक्रमित निको भइसकेका छन् । तथ्याङ्क अनुसार ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भएका छन् । 

कोरोना संक्रमण कारण आज ६ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ६६ पुगेको छ ।

आज देशभर ४ हजार ५ सय १६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button