तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट १२ औँ जनगणनाको शुभारम्भ

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रपति विद्यादेवी भण्डारीको पहिलो विवरण सङ्कलन गर्दै राष्ट्रिय जनगणनाको  शुभारम्भ गरेको छ । 


विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले आज राष्ट्रपति भवन शितल निवास पुगी राष्ट्रपति भण्डारीलाई प्रश्न सोधेर  जनगणनाको साङ्केतिक रुपमा  शुभारम्भ गर्नुभएको हो । 

महानिर्देशक श्रेष्ठले  राष्ट्रपति भण्डारीलाई जन्म मिति, जात, धर्म, विवाहलगायत विवरण सोध्नुभएको थियो । 

महानिर्देशक श्रेष्ठले  गणकका रुपमा सोध्नुभएको  प्रश्नहरूको राष्ट्रपति स्वयंले  जवाफ दिनुभएको थियो ।राष्ट्रपति भण्डारीको जनगणनाका लागि केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशसहितका पदाधिकारी राष्ट्रपति भवन शितल निवास पुगेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button