पोखरामा अस्ताउँदो सूर्यलाई अर्घ दिइयो (फोटोफिचर)
कास्की । पोखराको गौरीघाटमा अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ ।

विगत १५ वर्षदेखि पोखरामा नेपाल भारत व्यवसायी समितिले छठ पर्व व्यवस्थापन गर्दै आएको समितिका संस्थापक अध्यक्ष बलिराम ठाकुरले बताउनुभयो ।

ठाकुरका अनुसारमा पहिला पहिला मिथिलान्चल र विहारमा मात्र सीमित छठ पर्व अहिले पहाडी समुदायका हिन्दुहरूले समेत श्रद्धाका साथ मनाउन थालेका छन् ।

पोखराको फेवाताल किनारमा रहेको गौरी घाटलाई बेहुली झैँ सिँगारिएको छ । व्रतालुहरू बस्नको लागी सुरक्षित टेन्ट र स्वास्थ्य सुरक्षाको पालना गरिएको भक्तजन आदेश ठाकुरले बताउनुभयो ।

कार्तिक शुक्ल चतुर्दशी तिथिको दिन देखि सुरु हुने यो पर्वमा सूर्यको विशेष पूजा गर्ने प्रचलन रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्