तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिद्वारा सूर्यलाई अर्घ्य दिएर कमलपोखरीमा छठ पूजा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गर्नुभएको छ । 

राष्ट्रपति भण्डारीले आज काठमाडौँको गौरीघाट र कमल पोखरीमा पुग्नुभई छठी माईको पुजा अर्चना गर्नुभएको हो ।

कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी यस वर्ष राष्ट्रपति भण्डारीबाट पूजा अर्चना बाहेकका अन्य कार्यक्रम नगरिएको गौरिघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रामबाबु महासेठले जानकारी दिनुभयो । 

छठ पर्वका अवसरमा वर्षेनी राष्ट्रप्रमुखबाट नियमित जसो नै कमलपोखरीको भ्रमण गरी पूजा अर्चना हुने गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button