ठगी र चोरी मुद्दाका २ कसुरदार पक्राउ
कञ्चनपुर । कञ्चनपुर प्रहरीले ठगी र चोरी मुद्दाका २ जना कसुरदारलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बेदकोट नगरपालिका–८ गयल नदी बस्ने २६ वर्षीय करण विष्ट र कृष्णपुर नगरपालिका–४ का खडकबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सिद्धराज न्यौपानेले बताउनुभयो।

ठगी मुद्दामा विष्टलाई जिल्ला अदालतले २०७५ पुस २४ गते १ महिना कैद र एक हजार जरिवानाको सजाँय सुनाएको थियो। यस्तै चोरी मुद्दामा रावललाई २०४९ वैशाख १८ गते अदालतले १ वर्ष १५ दिन कैद र ६३ हजार जरिवानाको सजाँय सुनाएको थियो।
फैसलापछि फरार रहेका दुवै जनालाई पक्राउ गरी अदालतमा पेस गरिएकोमा अदालतले कैद भुक्तानका लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्