तपाईँ सुन्दै हुनुहुन्छः

जनताको साथीको रुपमा काम गर्न सुरक्षा निकायलाई गृहमन्त्री खाँडको निर्देशन

भैरहवा  । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले मन्त्रालय मातहतका निकायहरूलाई जनताको साथीको रुपमा रूपान्तरण भई काम गर्न आग्रह गर्नुभएको छ । 

नेपाली कांग्रेस रुपन्देही जिल्ला पार्टी कार्यालयमा आयोजित स्वागत, सम्मान, बधाई तथा स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री खाँडले कुनै उद्योगी व्यवसायीलाई सहयोग गरी काम गर्न निर्देशन दिनुभएको छ । 

खास गरेर गृह मन्त्रालय मातहतका निकायहरूलाई, जिल्ला प्रशासन कार्यालय लगायत सुरक्षा निकायहरूलाई निर्देशन दिँदै मन्त्री खाँडले भन्नुभयो, तपाईँहरू जनताको साथीको रुपमा आफूलाई रूपान्तरित गर्नुहोस् उद्योगी र व्यवसायीलाई पनि सहयोग गर्नुहोस् कुनै पनि उद्योगी र व्यवसायीलाई देशभरि कहिँपनि दुःख दिने काम नगर्नुहोस् भन्ने निर्देशन छ । 

जनताको पक्षमा गृह पक्ष रह्यो कि रहेन आम दाजुभाइ दिदी बहिनीहरुले पनि मूल्याङ्कन गर्नुहोस् तपाईँहरूले गर्नुभएको मूल्याङ्कनमा सरकार तपाईँहरूको साथमा रहने छ । गृहमन्त्री खाँडले भन्नुभयो, नेपालको सुरक्षा निकायले पनि विभिन्न समयमा बलिदानपूर्ण काम गरेको छ । 

गृहमन्त्री बालकृष्ण खाँडले पुलिस प्रशासनले समेत खाई नखाई महामारीको बेलामा सक्रमणको जोखिम हुँदा हुँदै पनि आफ्नै जीवनको असुरक्षा हुँदा फ्रन्टलाइनमा बसेर काम गर्ने प्रहरी र जनपथ प्रहरी नेपाली सेना सुरक्षाकर्मी, डक्टर, नर्स, स्वास्थ्य सेवक, सफाईकर्मी, राष्ट्रसेवकहरूलाई जनप्रतिनिधीहरुलाई सरकारको तर्फबाट धन्यवाद समेत ज्ञापन गर्नुभएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button