तपाईँ सुन्दै हुनुहुन्छः

छठ पर्वले सबै नेपालीको सामीप्यतालाई जोड्छ : मुख्यमन्त्री केसी

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उदाउँदो सूर्यको आराधना गर्दै मनाइने  छठ पर्वले  सबै नेपालीको सामीप्यतालाई जोड्ने बताउनुभएको छ । 

बहुजाति, बहुभाषिक र बहुसाँस्कृतिले भरिपूर्ण नेपाल र लुम्बिनी प्रदेशको विविध जाति, भाषा, संस्कृति र भेषभूषालाई यस्ता पर्वले संरक्षण एवम् संवर्द्धन गर्ने मुख्यमन्त्री केसीले बताउनुभयो । 

छठ पर्वको शुभकामना दिँदै मुख्यमन्त्री केसीले विविध जाति, धर्म, संस्कृति र समुदायको संरक्षण र संवर्द्धनका लागि सबैको सहकार्य आवश्यकता रहेको बताउनुभएको छ । 

सबै समुदायको चाडपर्वलाई प्रदेश सरकारले समानपूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गर्ने उहाँको भनाइ छ । मुख्यमन्त्री केसीले समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।       

प्रतिक्रिया राख्नुहोस्

Back to top button