हेलम्बुमा बस दुर्घटना : एकको मृत्यु, पाँच घाइते
सिन्धुपाल्चोक । हेलम्बु ७ इचोकबाट काठमाडौंको लागि छुटेको यात्रुवाहक बस दुर्घटना भएको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ख ५८१५ नम्बरको बस हेलम्बुको इचोकमा आज बिहान दुर्घटना भई एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा हेलम्बु ३ पाल्चोककी ५५ वर्षीय महिला पासाङ तामाङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ । घाइते हुनेमा हेलम्बु ६ का अनुज तामाङ, सोही ठाउँमा पासाङ दोर्जे , साजन तामाङ, जङ्बु तामाङ, हेलम्बु ७ का आयुष पण्डित रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी नायव निरीक्षक सुनिल थापाले जानकारी दिनुभयो ।
घाइतेको उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । ब्रेक फेल भएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्