लागू औषध कारोबारी दुई महिला पक्राउ
कास्की । लागू औषध कारोबार गर्ने दुई महिला पोखराबाट पक्राउ परेका छन् ।
मङ्गलवार कारोबारका लागि लागू औषध बोकेर हिँडिरहेको अवस्थामा दुई महिलालाई पोखरा–८ सिमल चौरबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्बर ७ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ९ बस्ने ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर २ घर भई हाल प्रेमाकै डेरामा बस्दै आएकी ३१ वर्षिया कोपिला अर्याल रहेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताउनुभयो ।
हमालका अनुसार पक्राउ परेका गुरुङ र अर्यालको साथबाट डाइजापाम ७४ एम्पुल, वरुफिन, नुर्फिन ७० एम्पुल, फेनरागन ७२ एम्पुल गरी कुल २१६ एम्पुल लागू औषध बरामद गरिएको छ ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालत कास्कीमा पेस गरी लागू औषध सम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको हमालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्