तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा पार्टीको राष्ट्रिय सम्मेलन लगायतका विषयमा छलफल भएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज बसेको बैठकमा आगामी पुसमा हुन गइरहेको पार्टीको राष्ट्रिय सम्मेलन र त्यसका लागि वडा सम्मेलन, कमिटी गठन, संस्था नवीकरणका विषयमा छलफल भएको स्थायी कमिटी सदस्य देव गुरुङले जानकारी दिनुभयो । 

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पाँच दलीय सत्ता गठबन्धन सञ्चालनका लागि सबै दलबाट दुई–दुई जना सहितको समन्वय समिति गठन भएको र अमेरिकी सहयोग परियोजना (एमसीसी) बारे अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकालाई पत्राचार गरिएको भन्ने विषयमा छलफल भएको पनि गुरुङले बताउनुभयो । 

यसैगरी पार्टीको राष्ट्रिय सम्मेलन काठमाडौँमा गर्ने निर्णय भएको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । 

बैठकले पार्टीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ सम्म काठमाडौँमा आयोजना गर्ने निर्णय गरेको छ । सम्मेलनको तयारीस्वरुप पार्टीले साङ्गठनिक कामलाई तीव्रता दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button