तपाईँ सुन्दै हुनुहुन्छः

प्युठानमा जिल्ला क्रिकेट सङ्घ तदर्थ समिति गठन

प्युठान । प्युठानमा जिल्ला क्रिकेट सङ्घ तदर्थ समिति गठन भएको छ । 

मङ्गलवार प्युठानको जुम्रीमा एक कार्यक्रमबिच तेजबहादुर पुनको अध्यक्षतामा ११ सदस्य जिल्ला क्रिकेट सङ्घ तदर्थ समिति गठन भएको हो । 

योसँगै नेपाल क्रिकेट सङ्घ (क्यान) को जिल्ला सदस्यता प्राप्तको लागि प्युठानलाई पनि बाटो खुलेको छ ।

दुई दशकदेखि सक्रिय रुपमा प्युठानमा क्रिकेट प्रतियोगिता भए पनि सङ्घ नहुँदा जिल्लामै सीमित भएको थियो । जिल्लामा भएको दुई सय भन्दा बढी भेलाले तेजबहादुर पुन सहितको टिमलाई सर्वसम्मत चुनेको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button