प्रधान सेनापतिको भारत भ्रमण : भारतीय सेनाध्यक्ष नरवणेसँग भेटघाट (फोटोफिचर)

काठमाडौँ । मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनु भएका प्रधान सेनापति प्रभुराम शर्माले भारतीय सेनाध्यक्ष Gen MM Naravane सँग भेटघाट तथा छलफल गर्नु भएको छ ।
उक्त भेटवार्ताका क्रममा नेपाली सेनाका प्रधान सेनापति र मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्षबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा द्विपक्षीय छलफल भएको थियो । उक्त छलफलपश्चात् प्रधान सेनापति शर्मालाई “India’s Security Perspective” को बारेमा प्रस्तुतीकरण समेत गरिएको थियो ।

यस भन्दा अगाडि उहाँले राष्ट्रिय समर स्मारकमा वीर सहिदहरूको सम्मानमा पुष्प गुच्छा (Wreath) अर्पण गर्नु भएको थियो । त्यसै गरी उहाँको सम्मानमा South Block Lawn मा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।















प्रतिक्रिया राख्नुहोस्