घडिअर्वा पोखरी दुलही झैँ सिँगारियो
बीरगंज । प्रदेश २ कै मुख्य छठ घाटको रुपमा चिनिने वीरगन्जको घडिअर्वा घाटको सजिसजावट सकिएको छ । घडिअर्वा पोखरी परिसर अहिले दुलही झैँ सिँगारिएको छ ।

घडिअर्वा छठ पूजा तथा व्यवस्थापन समितिले आज पत्रकार सम्मेलन गर्दै तयारीको सम्पूर्ण काम सकिएको जनाएको छ ।
पोखरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा व्यवस्थापन समितिका पदाधिकारीहरूले यस वर्ष घडिअर्वा पोखरीको सजावटमा १४ लाख खर्च भएको जानकारी दिनुभयो ।
यस बर्ष परिसरमा ४ हजारदेखि ५ हजार व्रतालुहरूको दाउरा अट्ने अनुमान गरिएको छ ।

समितिले छठको सझिया घाट र विहनीया घाटमा दर्शनार्थीको सुरक्षाका लागि २ सय सुरक्षाकर्मी तथा स्वयंसेवक खटाउने निर्णय गरेको छ ।
पर्साका स्थानीय प्रहरी प्रशासनसँग समन्वय गरी ४० जना स्वयंसेवक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका १५० महिला–पुरुष सुरक्षाकर्मी गरी करिब २ सय हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिने पूजा समितिका प्रवक्ता एवं प्रचार प्रसार संयोजक क्रान्ति साहले जानकारी दिनुभयो ।

पोखरी परिसरलाई निगरानी गर्न पोखरीको चार वटा गेट तथा अन्य ठाउँ गरी १२ वटा सिसिटिभी क्यामेराबाट चहलपहल निगरानी गरिने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्