तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागु औषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय बेल्डाडीको टोलीले बेल्डाडी गाउँपालिका–२ बाट बेदकोत नगरपालिका–६, वसन्तपुर बस्ने २७ वर्षीय घनश्याम पन्तलाई पक्राउ गरेको हो ।

म१प ६२४३ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट खैरो हिरोइन ७२० ग्राम र नाइट्राभेट–१० लेखेको ९२ ट्याब्लेट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

पन्तमाथि कानून बमोजिम थप अनुसन्धान भइरहेको कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button