तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको नेतृत्वमा कम्युनिस्ट पार्टीलाई एकजुट बनाइन्छ: नेता भट्टराई

ताप्लेजुङ । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अहिलेको गठबन्धनको सरकार आगामी निर्वाचनसम्म जान नसक्ने बताउनुभएको छ । 

नेपाल पत्रकार महासङ्घ ताप्लेजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले एमालेको विरोधका लागि बनेको गठबन्धन आगामी निर्वाचनसम्म टिक्न नसक्ने बताउनुभयो । 

सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठक बोलाएर छलफल गर्नुपर्ने उहाँको भनाइ छ । 

सचिव भट्टराईले कम्युनिस्ट आन्दोलनलाई मजबुत बनाउन नेकपा एमालेको नेतृत्वमा कम्युनिस्ट पार्टीलाई एकजुट बनाइने समेत बताउनुभयो । महाधिवेशन प्रश्चात पार्टी स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा केन्द्रित हुने भट्टराईले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button