ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

मकवानपुर । हेटौँडामा लहरी (लामो ट्रक) को ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग स्थित हेटौँडा–११ नवलपुरमा लहरी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना ७ ख ८८१ नम्बरको लहरी गाडीले बागमती प्रदेश ३–००४ प ७१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हेटौँडा–१२ का २० वर्षीय सुशान्त पुडासैनीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।
प्रहरीले ट्रकका चालक लमजुङ घर भएका ४९ वर्षीया पूर्णबहादुर भुजेललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्