तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा सवारी दुर्घटनाहुँदा १४ वर्षीय बालको मृत्यु

कास्की ।पोखराको गणतन्त्र चोकमा सवारी दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ ।आइतबार साँझ करिब ६ बजे पोखरा बागलुङ राजमार्ग अन्तर्गत गणतन्त्र चोकको जेब्रा क्रसिङमै सो दुर्घटना भएको हो ।

सो दुर्घटनामा तनहुँ घर भई हाल पोखरा(५ बस्दै आएका १४ वर्षका शुभम खनालको ज्यान गएको हो । खनाल शान्ति निकेतन स्कुलको कक्षा ९ मा अध्ययनरत थिए ।दुर्घटनामा गम्भीर घाइते भएका खनालको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अस्पतालमा मृत्यु भएको हो ।

बालकलाई ठक्कर दिने सवारीको पहिचान हुन नसकेको र अनुसन्धान जारी रहेको कास्की प्रहरी प्रवक्ता एवं प्रहरी नायव निरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button