तपाईँ सुन्दै हुनुहुन्छः

यसपालि नदी किनारमै पूजास्थल तयार

झापा। कोभिड–१९ को महामारीका कारण गत वर्ष घर आँगनमै कृत्रिम जलकुण्ड बनाएर छठ पर्व मनाएका तराईवासी यस पटक भने नदी र तलाउमै गएर पूजापाठ गर्ने तयारीमा छन् ।

स्थानीय तहमै छठपूजा समिति बनाएर भव्य रूपमा मनाउने तयारी गरिएको हो । समितिले छठ पूजालाई व्यवस्थित गर्न सफा पारिएको नदी किनारमा स्वास्थ्य मापदण्ड अपनाएर पूजास्थल तयार गर्न लागेको छ ।

झापाको मेची, निन्दा, कनकाई, बिरिङ, देउनिया, अन्दुवा, रतुवालगायत नदीमा पण्डाल टाँग्ने स्थान बनाएर यसपालि वृहत् तथा सामूहिक छठ पूजाको तयारी गरिएको हो । सोमबार नै भद्रपुरको मेची नदी किनारमा नेपाल र भारत दुवैतर्फ पूजास्थल बनाइएको छ भने नदीमा वारपार गर्नका लागि बासको पुलसमेत बनाइएको छ ।

यस पटक हजारौँको सङ्ख्यामा छठका बर्तालुहरूले सामूहिक रूपमा नदीमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छैठीदेवीको पूजा गर्दै छन् । कोभिड–१९ को सङ्क्रमण अझै रहिरहेको हुँदा दसैँ र तिहारमा जस्तै छठ पर्वमा समेत जनसमुदायले संयमित भएर मनाउने अपेक्षा गरिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button