तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश १ को नामकरणको विषय अघि बढ्छ : मुख्यमन्त्री राई

भोजपुर । प्रदेश नम्बर  १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण सहित अरुण नदीमा कुनै पनि हालतमा पुल बनाउने व्यवस्था गर्ने बताउनु भएको छ । 

 मुख्यमन्त्री राईले गृह जिल्लाको गृह नगर षडानन्द नगरपालिकामा भएको बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्रीहरुले प्रदेशको नामकरण गर्ने विषयमा छलफल नै नगरेको आरोप समेत लगाउनु भयो  ।  

प्रदेशको नामकरण गर्ने विषयमा कम्तीमा दुई तिहाई बहुमतले पास गर्नुपर्ने संविधानमा व्यवस्था छ । प्रदेशको नामकरणको विषयमा ठुला राजनीतिक दलले संसद्मा प्रस्ताव लानु पर्ने हुन्छ । यो भन्दा अगाडी त्यस्तो नभएको र अब गठबन्धन यही प्रक्रियाबाट नामाकरणको विषयमा अगाडी बढ्ने  मुख्यमन्त्री राईको धारणा छ ।


विगत लामो समयदेखि भोजपुरको षडानन्द नगरपालिका र सङ्खुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीमा पक्की पुल निर्माण हुन नसकेकोमा आफु दुखी रहेको उहाँले बताउनुभयो ।

विगतमा पुलको निर्माण कार्य  हुन नसकेको भन्दै मुख्यमन्त्री राईले आफ्नो कार्यकाल छोटो भए पनि अरुण नदीमा पक्की पुल निर्माण हुने दाबी गर्नु भयो।तिहार मनाउन गाउँ आएका मुख्यमन्त्री राई केही दिन देखि आफ्नै जिल्लामा बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा व्यस्त हुनुहुन्छ ।मुख्यमन्त्री राई मङ्गलवार गृह नगर दिङ्लाबाट सङ्खुवासभा हुँदै धनकुटा जाने तयारीमा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button