नेप्से दोहोरो अङ्कले घट्यो
काठमाडौँ । लक्ष्मी पूजाको दिनदेखि बन्द रहेको नेपाली सेयर बजारको कारोबार सोमबार खुलेसँगै दोहोरो अङ्कले घटेको छ ।
करिब २० अङ्कले घटेको बजारमा कारोबार रकम पनि साढे चार अर्ब रुपैयाँ भन्दा कम भएको छ । बजारमा २० अङ्कको करेक्सन आएसँगै नेप्से सूचक २८१९ बिन्दुमा झरेको छ ।
अधिकांश उपसमूह राताम्मे हुँदा पनि साहस ऊर्जा, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर,मानुषी लघुवित्त र महालक्ष्मी विकास बैङ्कको सेयर मूल्य करिब १० प्रतिशत बढेको छ ।
सपोर्ट माइक्रो फाइनान्स, पाँचथर पावर कम्पनी, कालिका पावर कम्पनी, हिमालयन ऊर्जा विकास र जोशी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ४ देखि ७ प्रतिशत सम्म घटेको छ ।
सोमवार २३० कम्पनीहरूका ७२ लाख कित्ता सेयर चार अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएका छन् । यस दिन बजारमा ४२ कम्पनीको मूल्य बढ्यो भने बाहेक बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।
यस दिन फाइनान्स, म्युचुअल फन्ड र लगानी समूह बाहेक सबै उपसमूहको सूचक घटेको छ । जीवन बिमा र निर्जीवन बिमा समूहको सूचक सर्वाधिक १०० अङ्क भन्दा धेरै घटेको छ ।








प्रतिक्रिया राख्नुहोस्