तिहारको अवधिमा कास्कीबाट २६ लाख नगदसहित ३१ जना जुवाडे पक्राउ

कास्की । कास्की प्रहरीले तिहारको अवधिमा मात्रै जुवा तास खेलिरहेको स्थानबाट करिब २६ लाख रकम बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख रमेश थापाका अनुसार यो वर्ष कास्कीका विभिन्न स्थानमा सादा पोसाकका प्रहरीको सहायताले निकै ठुलो उपलब्धि हासिल गरेको हो ।
थापाले भन्नुभयो“ यो वर्ष कास्कीमा पटका पनि धेरै कम पट्कियो , हामीले धेरै ठाउँमा सुरक्षाका रणनीतिहरू अपनाएका थियौँ । ”
अघिल्लो साता तिहार सुरु हुनै लाग्दा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा राती २ बजे सुनसान ठाउँमा जुवा खेलिरहेको सूचनाका आधारमा वडा नं २ स्थित तातोपानीबाट ११ जना जुवाडे पक्राउ गर्न कास्की प्रहरी सफल भएको थियो ।
“यो तिहारको अवधिमा हामीले विभिन्न स्थानबाट जुवा तास खेल्ने ३१ जनालाई पक्राउ गरेका छौ”, थापाले भन्नुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालका अनुसार पोखराको पृथ्वी चोक, बगर , अमरसिंह चोकबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।
तिहारमा विभिन्न साना तथा ठुला जुवाडेहरूको खानतलासीबाट कास्की प्रहरी २६ लाख रकम प्राप्त गरेको छ ।
कास्की प्रहरीले तिहारको बेलामा अवधै रुपमा लागूपदार्थ ओसारपसार गर्ने व्यक्तिहरूलाई तालिम प्राप्त कुकुरको प्रयोग गरेर पक्राउ गरेको हमालले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्