तपाईँ सुन्दै हुनुहुन्छः

बेपत्ता आरोही खोज्न तालिम प्राप्त टोली परिचालन

सोलुखुम्बु । सगरमाथा क्षेत्रमा १३ दिनदेखि बेपत्ता फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको छ । कूल ६ हजार ७८३ मिटर उचाइमा पर्ने खाङतेगा हिमाल आरोहणका क्रममा बेपत्ता बनेका तीन जना फ्रान्सेली नागरिकको खोजीका लागि तालिम प्राप्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार तालिम प्राप्त १४ जना फ्रान्सेली नागरिकसहितको टोली आइतबार हेलिकोप्टरमार्फत खुम्बु आएको छ । सो टोलीले सोमबारदेखि काम सुरु गरेको प्रहरी निरीक्षक ढकालले जानकारी दिनुभयो । आइतबार मौसम प्रातिकूल बनेकाले खोजी कार्य सुरु हुन नसकेको उहाँको भनाइ छ ।

होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपीडिसन प्रालिमार्फत तीन जना बेपत्तासहित आठजना टोली माउन्ट खाङतेगा हिमाल आरोहणका लागि असोज १८ गते लुक्ला आएको थियो । तीमध्ये थोमस, गाब्रियल र लुइस नाम गरेका नागरिक बेपत्ता छन् । कोरोनाको जोखिम कम भएसँगै खुम्बु क्षेत्र भ्रमणमा आउने क्रम बढेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button