तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा लागुऔषधसहित २ जना पक्राउ

कञ्चनपुर। कञ्चनपुर प्रहरीले लागुऔषधसहित २ जना पक्राउ गरेको छ। 

बेलौरी नगरपालिका–४ बेलौरी बजारबाट करिब २ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र २ ग्राम चरेस जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २० वर्षीय अकास बोहरा र २१ वर्षीय राकेश बोहरा रहेका छन्।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button