तपाईँ सुन्दै हुनुहुन्छः

सशस्त्र प्रहरीद्वारा अजिङ्गरको उद्धार

महेन्द्रनगर । सशस्त्र प्रहरी बलले आइतबार कञ्चनपुरको दक्षिणी क्षेत्रबाट अजिङ्गर उद्धार गरी वनको जिम्मा लगाएको छ । यहाँस्थित बेलौरी नगरपालिका–६ भुराकोटको नेपाल–भारत सीमा क्षेत्रबाट सात फिट लामो अजिङ्गर जीवितै उद्धार गरी कुन्डा सड डिभिजन वन कार्यालयको जिम्मा लगाएको सशस्त्र प्रहरी बल नं ३५ हेटक्वार्टर शैलेश्वरीले जनाएको छ ।

“दशगजा क्षेत्रमा अजिङ्गर रहेको खबर पुग्नासाथ हाम्रो टोलीले उद्धार गरी वन कर्मचारीको जिम्मा लगाएको हो”, सशस्त्र प्रहरी बल नं ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले भन्नुभयो, “सीमाको सुरक्षासँगै वन्यजन्तुको उद्धारमा पनि हामी सक्रिय छौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button