तपाईँ सुन्दै हुनुहुन्छः

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९८.२५ प्रतिशत काम सम्पन्न

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ९८.२५ प्रतिशत काम सम्पन्न भएको छ । 

विमानस्थलको अधिकतम काम सम्पन्न भएको र फिनिसिङको काम मात्रै बाँकी रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताउनुभयो  । 

विमानस्थलमा धावन मार्ग, ट्याक्सी वे, जहाज पार्किङ क्षेत्र, टर्मिनल प्रशासनिक भवन, कन्ट्रोल टावर, फायर बिल्डिङ, वाटर सप्लाइ, तारबार गर्ने, उपकरण जडानका सम्पन्न भएको आयोजना प्रमुख अधिकारीले बताउनुभयो । 

अधिकारीका अनुसार अब फर्निचर, फिनिसिङ, फर्निसिङ र टर्मिनल बिल्डिङ उपकरणको काम मात्रै पुरा गर्न बाँकी रहेको छ । 

केही दिन अघि मात्रै नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँणले बाँकी रहेका काम अविलम्ब पुरा गर्न सरकार तयार रहेको बताउनुभएको थियो ।

बाँकी काम पुरा भएपछि विमानस्थलमा क्यालिब्रेशन फ्लाइट हुने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button