थप १ सय ४३ जनामा कोरोना संक्रमण
काठमाडौँ । आज देशभर १ सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
२ हजार ३ सय ३३ नमूनाको पिसिआर तथा एन्टीजेन परिक्षण गर्दा १ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै आज ५ सय ६३ संक्रमित निको भएका छन् । हालसम्म ९७ दशमलव ७ प्रतिशत संक्रमित निको भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ ।
कोरोना संक्रमण कारण आज ९ जनाको मृत्यु भएको छ । यो सँगै हालसम्म कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ४ सय ४८ पुगेको छ ।








प्रतिक्रिया राख्नुहोस्