सल्यानमा बस दुर्घटना, ६ जनाको मृत्यु, ३१ घाइते, ५ को अवस्था गम्भीर

सल्यान । सल्यानमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
सल्यान दुलधाराबाट दाङ तुलसीपुर जाँदै गरेको रा१ख २५५२ नम्बरको यात्रुवाहक बस कपरकोट गाउँपालिका–५ खारखोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु भएका ६ जना मध्ये दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी अन्दाजी ६४ वर्षकी इन्दिरा अधिकारी र ठेगाना खुल्न नसकेकी अन्दाजी ७४ बर्षिया कलावती बुढाथोकीको सनाखत भएको प्रहरीलाई उद्धृत गर्दै दुर्घटना स्थलबाट रेडियो नेपालका सम्वाददाता दिपक शर्माले जानकारी दिनुभयो ।
त्यस्तै, दुर्घटनामा ३१ जना यात्रु घाइते भएका छन् भने घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको र गम्भीर घाइते ५ जनालाई हेलिकप्टरमार्फत उपचारका लागि पठाइएको प्रहरीले जनाएको उहाँले जानकारी दिनुभयो ।
दुर्घटनाको थप विवरण आउन बाँकी ……..
सम्बन्धित समाचार :
सल्यानमा बस दुर्घटना, चार जनाको मृत्यु, धेरै हताहत भएको आशङ्का








प्रतिक्रिया राख्नुहोस्