किसानलाई अनुदानमा आलुको बीउ
रामपुर (पाल्पा) । रम्भा गाउँपालिकाले आलु खेतीलाई प्रवर्द्धन गर्न किसानलाई अनुदानमा बीउ उपलब्ध गराएको छ ।
गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार यस वर्ष ४५७ क्विन्टल बीउ ५० प्रतिशत अनुदानमा पाँच वटै वडाका आलु किसानलाई वितरण गरेको हो ।
आलु खेतीलाई व्यवसायीकरण गर्नका लागि किसानलाई उत्प्रेरित गर्न अनुदानमा बीउ उपलब्ध गराउँदै आएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
गाउँपालिकाले अघिल्ला वर्षमा पनि अनुदानमा बीउ वितरण गरेकामा यस वर्ष वडा नं १ मा १४ क्विन्टल, २ मा ६५ क्विन्टल, ३ मा ९७ क्विन्टल, वडा नं ४ मा ६५ क्विन्टल र ५ मा ९५ क्विन्टल बीउ आलु उपलब्ध गराएको छ ।
यहाँका पिपल डाँडा, हुँगीलगायत क्षेत्र आलु उत्पादनको राम्रो पकेट क्षेत्र मानिन्छ । पालिकाका सबै वडाका समथर खेत तथा बारीमा पनि किसानले आलु खेती गरेका छन् ।
गाउँपालिकाले अनुदानमा बीउ दिन थालेपछि यहाँका किसान हिजोआज आलु खेतीमा आकर्षित हुन थालेका छन् । घरायसी प्रयोजनका निम्ति मात्र आलु लगाउने किसानले पछिल्लो समय व्यावसायिक उत्पादनमा जोड दिएका छन् । रासस








प्रतिक्रिया राख्नुहोस्