तपाईँ सुन्दै हुनुहुन्छः

कभर्डहल बनाउन देउसी

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल –४ को थाङपालकोट ब्याडमिन्टन टिमले देउसीभैली खेलेर करिब एक लाख रुपैया सङ्कलन गरेको छ ।

ब्याडमिन्टन खेल्न सहज बनाउन कभर्ड हल निमार्णको उद्येश्यसहित देउसीभैली कार्यक्रम मार्फत ९८ हजार नौ सय रुपैया सङ्कलन गरिएको स्थानीय सुन्दर सापकोटाले जानकारी दिनुभयो ।

उक्त रकममा थप गरी एक लाख पु¥याउने उहाँले जानकारी दिनुभयो । साथै कभर्ड हल बनाउन आवश्यक रकम थप गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई आग्रह गरिने सो ब्याडमिन्टन टिमले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button