तपाईँ सुन्दै हुनुहुन्छः

‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिइने : मन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले गणेशमान सिंह सडक मार्ग अन्तर्गत चन्द्रागिरि–चित्लाङ खण्डमा भइरहेको ‘ढुङ्गा व्यापार’ तत्काल बन्द गरी सडक निर्माणमा तीव्रता दिने बताउनुभएको छ । 

शुक्रवार राजधानीमा विभिन्न पर्वहरूका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले ‘व्यापार’का कारण भइरहेको ढिलासुस्तीको अन्त्य गर्न तत्काल पहल गर्ने बताउनुभएको हो ।

आफूले चन्द्रागिरि–चित्लाङ खण्डमा ढुङ्गाको व्यापार गरिरहेको सुनेकाले त्यस्तो व्यापार तत्काल बन्द गरी काम सुचारु गर्ने मन्त्री शर्माले बताउनुभएको हो । चन्द्रागिरिको विकासका लागि सरकारले आफ्नो स्रोत र साधनले भ्याएसम्म पहल र वातावरण निर्माण गर्ने प्रयत्न गर्ने अर्थमन्त्री शर्माले बताउनु भयो । अर्थमन्त्री शर्माले काठमाडौँको ट्राफिक जामलाई कम गर्न चन्द्रागिरि क्षेत्रमा बसपार्क र सामुदायिक अस्पताल निर्माणको पहल समेत गर्ने बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले यसै गरी गरिब ऋणीहरूको ऋण चुक्ता गरिदिएर नेपाल संवत्को सुरुवात गर्ने शङ्खधर साख्वाको सपना पूरा गर्न प्रयत्न गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button