आर्यघाटमा निजी लगानीबाटै २५ लाख बढी मूल्य लागतमा विश्राम घर निर्माण सुरु

कञ्चनपुर । कञ्चनपुरको बेलौरी, पुनर्वास र लालझाडीको सीमा जोडिएको भकुण्डा स्थित आर्यघाटमा निजी लगानीबाटै विश्राम घर निर्माण कार्य सुरु गरिएको छ । बेलौरी बजार बस्ने वयोवृद्ध उद्योगपति अमिर बिष्टको निजी लगानीमा आर्यघाटमा शौचालय तथा पानी धारा सहित २५×४५ फिटको हल र माथिल्लो तलामा कोठा निर्माण गरिने बताइएको छ ।
उद्योगपति बिष्टका पुत्र दीपेन्द्र बिष्टका अनुसार, कालेश्वर महादेव मन्दिर धार्मिक सेवा समिति बेलौरी ५ भकुण्डाको मातहत रहेको आर्यघाट प्राङ्गणमा उक्त समितिको अनुमतिमा मलामीहरूको आराम तथा किरिया गर्नका लागि विश्राम घर निर्माण कार्य सुरु गरिएको छ । उक्त विश्राम घर निर्माणका लागि रु. २५ लाख बढी मूल्यको लागत अनुमान गरिएको छ । विश्राम घर निर्माण कार्यको बिहीबारका दिन लक्ष्मी पूजाको अवसर पारी शिलान्यास गरिएको छ ।
बेलौरी नगर विकास समितिका संस्थापक समेत रहनु भएका उद्योगपति अमिर बिष्ट र उहाँको परिवारजनले विगत लामो समयदेखि सामाजिक कार्यमा ठूलो योगदान पु¥याएको स्थानीय व्यवसायी दिनेश कुँवरको भनाइ छ । उहाँका अनुसार, उद्योगपति अमिर बिष्टका छोराहरू दीपेन्द्र बिष्ट र गोविन्द बिष्टले समेत विभिन्न समयमा सामाजिक अभियान सञ्चालन गरी सक्रियता बढाउनु भएको छ । बिष्ट परिवारले ४ जना बालबालिकालाई आश्रय दिएर पालनपोषण तथा पठनपाठन गराउँदै आएको र सामूहिक लगानीमा अस्पताल, विद्यालय तथा उद्योगधन्दा सञ्चालन गरेको बताइएको छ ।









प्रतिक्रिया राख्नुहोस्