तपाईँ सुन्दै हुनुहुन्छः

स्कुटर दुर्घटनामा चालकको मृत्यु

भक्तपुर । भक्तपुरमा भएको स्कुटर दुर्घटनामा चालकको मृत्यु भएको छ ।

दुर्घटनामा चालक रामेछाप लिखु गाउँपालिका वडा नं. ६ घर भई हाल भक्तपुर मध्यपुर थिमी धुन्चेपाखा बस्ने बर्ष ३५ को राजकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार धुञ्चेपाखाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६ प ३४३६ नम्बरको स्कुटर भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ तीन दोबाटोमा अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको थियो ।

दुर्घटनापछि चालक तामाङ गम्भीर घाइते भएकोमा उनको नेपाल–कोरियन मैत्री नगरपालिका अस्पताल थिमीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

असावधानिपूर्वक सवारी साधन चलाउदा स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button