तपाईँ सुन्दै हुनुहुन्छः

भलिबल प्रतियोगिताको उपाधि मल्लेखलाई

अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिका–५ मा बाँच्कोटमा सम्पन्न जिल्ला स्तरीय जाल्वादेवी भलिबल कपको उपाधि मल्लेख गाउँपालिकाले उचालेको छ । 

आज भएको फाइनल खेलमा पञ्चदेवल सूचना केन्द्र दर्नालाई पराजित गर्दै मल्लेखले उपाधि चुमेको हो ।

प्रथम स्थान हाँसिल गरेसँगै मेल्लेखले नगद १ लाख ५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको दर्नाले नगद ६५ हजारसहित ट्रफि, मेडल तथा प्रमाण पत्र प्राप्त गर्‍यो । 

तृतीय स्थान हाँसिल गर्न सफल आयोजक टिमले नगद ३५ हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सान्त्वना स्थान हाँसिल गरेको सायल गाउँपालिका डोटीले नगद १५ हजार सहित ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

दीपावलीको अवसरमा कार्तिक १४ गतेबाट कालिका युवा सञ्जालले प्रतियोगिताको आयोजना गरेको गरेको थियो । 

“जाल्वादेवी भलिबल कप २०७८” नाम दिइएको प्रतियोगितामा विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीलाई मेडल, ट्रफि, नगद र प्रमाण पत्रसहित पुरस्कृत गरिएको खेलकुद प्रतियोगिता समितिका संयोजक धनराज साउदले बताउनुभयो ।

यस्तै, प्रतियोगिताका रेफ्री, मुख्य प्रायोजक र प्रायोजकहरूलाई पनि सम्मानित गरिएको छ ।

कालिका युवा सञ्जालका अध्यक्ष मीन बहादुर, साउदको अध्यक्षतामा भएको समापन समारोहमा बान्नीगढि जयगढ गाउँपालिका–५ का वडा अध्यक्ष लाल कामी प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर ठकुल्ला र वडा नम्बर ६ का अध्यक्ष कृष्णबहादुर कडायत रहनुभएको थियो ।

विजयी टिम तथा खेलाडीहरूलाई प्रमुख अतिथि र विशिष्ट अतिथि लगायतका व्यक्तिहरूले सम्मान तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगिताको उद्घाटन नेकपा एमाले अछामका इन्चार्ज तथा सुदूरपश्चिम प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले गर्नुभएको थियो ।

प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरी १२ टिमको सहभागिता रहेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button