बेलडाँगी शिविरका दुई छाप्रामा आगलागी

दमक । दमक–३ बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरका दुई छाप्रामा गए राति आगलागी भएको छ ।
आगलागीबाट छाप्रा पूर्ण रूपमा क्षति भएको त्यहाँस्थित शरणार्थी समन्वय एकाइका प्रमुख सुरेन्द्रराज दाहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरका मधु चापागाईँ र अमरबहादुर मगरको घर पूर्ण रूपमा क्षति भएको छ ।
आगलागी इलाका प्रहरी कार्यालय दमकको टोली, सशस्त्र प्रहरी बेलडाँगी र स्थानीयवासीको सहयोगमा निभाइएको थियो ।
एकाइका प्रमुख दाहालका अनुसार लक्ष्मीपूजामा दियो बाल्ने क्रममा अमरबहादुर मगरको घरबाट आगो सल्किँदा छिमेकी चापागाईँको पनि छाप्राका भाँडा वर्तन, खाद्यान्न पूर्ण रूपमा नष्ट भएको थियो । रासस








प्रतिक्रिया राख्नुहोस्