तपाईँ सुन्दै हुनुहुन्छः

टाटा सुमो र मोटरसाइकल एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु

बर्दिबास । महोत्तरीमा टाटा सुमो र मोटरसाइकल एक–आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । 

जिल्लाको बर्दिबास नगरपालिका–३ स्थित कारेभोगटे पुल नजिकै बिहीबार राती करिब ८ बजे बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ना१ज ५७४७ नं.को सुमो र स१०प३९९३ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । 

दुर्घटनामा मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का सुन्धिर मिश्र रहेको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी गम्भीर घाइते भएका मिश्रलाई बर्दिबासस्थित शुभस्वतिक अस्पतालमा लगिएको थियो । 

थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिनुभयो ।

प्रहरीले सुमो चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button