मिनीट्रक दुर्घटनामा दुईको मृत्यु, एक बेपत्ता सात घाइने

जाजरकोट । बिहीबार बेलुकी ११ बजे सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सो ट्रकमा सात जना रहेका थिए ।
घटनामा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । दश जना सवार उक्त घटनामा मृतक दिलबहादुर शाही, र नाम नखुलेको एक जना रहे छ । घटनामा एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ । घाइतेमा आसिका खड्का, करिश्मा रावत, जुनिचाँदेका दीपकबहादुर शाही, धनबहादुर रावत, नवीन सिंह र निराजन खड्का रहेका छन् । घाइते धनबहादुर चालक रहेका छन् । राति भएका कारण अझै सबैको ठेगाना नखुलेको र फोन सम्पर्क हुनसमेत मुस्किल भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्