तपाईँ सुन्दै हुनुहुन्छः

लागू औषधसहित एक युवक पक्राउ

कास्की । पोखरामा लागू औषधसहित एक युवक पक्राउ परेका छन्  । 

पोखरा–३० पावर हाउसबाट ठूलो परिणामको लागू औषधसहित युवकलाई प्रहरीले पक्राउ गरेका कास्की प्रहरीले जनाएको छ ।  

सवारी चेकजाँच गर्ने क्रममा म्याग्दी मालिका–४ ओखरबोट स्थायी घर भई हाल बेनी नगरपालिका –८ क्याम्पस चोक बस्दै आएका २२ वर्षीय गौरव बुढालाई लागू औषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी एवं प्रवक्ता सुवास हमालले बताउनुभयो । 

प्रहरीले बुढाको साथबाट डाईजापाम –१२६ एम्पुल, नुर्फिन –१२६ एम्पुल र फेनारगन –१२६ एम्पुल बरामद गरेको  छ । 

लागू औषधसहित पक्राउ परेका युवालाई जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिई अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता हमालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button