चोरीको मोटरसाइकल सहित ३ जना पक्राउ
बीरगंज । पर्सा प्रहरीले चोरीको मोटरसाइकल सहित ३ जनालाई पक्राउ गरेको छ ।
भारत विहार पश्चिम चम्पारण बेतिया बस्ने ६५ वर्षीय अरुण कुमार चौरसियाको नाममा दर्ता रहेको वि.आर.२२ एटी ९३२६ नम्बरको मोटरसाइकल गत कार्तिक १२ गते १त३० बजे वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बाबा होटेलको प्यासेजभित्र पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो ।

कार्तिक १६ गते वीरगन्ज महानगरपालिका–१६ भानु चोकमा बा ८२ प ६४६० नम्बरको नम्बर प्लेट लगाई चलाइरहेको अवस्थामा फेला पारेपछि मोटरसाइकल बरामद गरी चोरीमा संलग्न ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
मोटरसाइकल चोरीमा संलग्न भएको आरोपमा प्रहरीले वीरगन्ज महानगरपालिका–१५ निवासी २२ वर्षीय कैलाश महतो, कलैया उपमहानगरपालिका–४ निवासी २२ वर्षीय विनयराज शर्मा र बारा जिल्ला फेटा गाउँपालिका–३ निवासी २० वर्षीय रविन कुमार साहलाई चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अगाडी बढाइएको प्रहरी प्रवक्ता खनालले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्